काठमाडौं । हिजो सोमबार काठमाडौंको नयाँ बानेश्वर चोकमा सुरक्षाकर्मीको गाली लागेर मृत्यु भएका १७ जनामध्ये १६ जनाको पहिचान भएको छ । काठमाडौंका विभिन्न अस्पताल पुर्याइएकामध्ये केहीको अस्पताल पुर्याउनुअघि र केहीको उपचारको क्रममा मृत्यु भएको हो ।
१७ जनामध्ये ८ जनाको काठमाडौंको ट्रमा सेन्टरमा मृत्यु भएको छ । त्यहाँ मृत्यु हुनेमा काठमाडौं वनस्थलीका २६ वर्षीय ईश्वर अधिकारी, वतन नखुलेको २९ वर्षीय आयुष थापा, वतन नखुलेका २७ वर्षीय गौरव जोशी, कीर्तिपुरका ४१ वर्षीय बुद्धबहादुर तामाङ, उदयपुरको बेलका–४ का २९ वर्षीय सन्तोष विक, बाँकेका २५ वर्षीय सुलभदास श्रेष्ठ, ठेगाना नखुलेका १९ वर्षीय सयिम चौलागाईं र सिन्धुपाल्चोक बाह्रबिसे–६ का २१ वर्षीय योगेश श्रेष्ठ रहेका छन् ।
यसैगरी नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा गोरखा बारपाक सुलीकोट–५ का २२ वर्षीय विमल भट्ट, अर्घाखाँचीका १८ वर्षीय निश्चल सारु मगर र अर्का एक जना नाम र ठेगाना नखुलेका युवाको मृत्यु भएको छ ।
यस्तै, केएमसी अस्पतालमा वनस्थलीका ३० वर्षीय सौरभकिशोर श्रेष्ठ र बझाङ घर भई कीर्तिपुर बस्ने २३ वर्षीय सुशन बोहोराको मृत्यु भएको छ । त्यसैगरी त्रिवि शिक्षण अस्पतालमा २३ वर्षका रसिद खतिवडाको मृत्यु भएको छ ।
यसैगरी बानेश्वरको एभरेस्ट अस्पतालमा तीन जनाको मृत्यु भएको छ । उनीहरूमा ललितपुर महानगर–७ का ३० वर्षीय विनोद महर्जन, काभ्रे तिमालका ४२ वर्षीय दलीनारायण तामाङ र भक्तपुर दुवाकोटका २३ वर्षीय योगेन्द्र न्यौपाने रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया