काठमाडौं । काठमाडौंको नयाँबानेश्वरस्थित संसद् भवनको सुरक्षामा नेपाली सेनालाई खटाइएको छ।
हिजो युवाहरूले संसद् भवनभित्र प्रवेश गरी तोडफोड गरेपछि आज सुरक्षा कडा गरिएको हो । सेनाले हतियारसहित संसद् भवन परिसरमा सुरक्षा व्यवस्था गरेका छन् ।
आज बिहानैदेखि संसद् भवन अगाडि र काठमाडौंका विभिन्न क्षेत्रमा प्रदर्शनकारीहरू भेला भएका छन् । उनीहरूले प्रधानमन्त्री र सरकारविरुद्ध नाराबाजी गर्दै अनिश्चितकालीन कर्फ्यू अवज्ञा गर्दै प्रदर्शन गरिरहेका छन् ।
सोमबार जेन-जीको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १९ जनाको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया