भक्तपुरमा पनि अनिश्चितकालीन कर्फ्यू

लोकपथ
623
Shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय भक्तपुरले पनि भक्तपुरमा अनिश्चितकालीन कर्फ्यू लागू गरेको छ । 

भक्तपुरका प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले मंगलबार बिहान साढे ८ बजेदेखि मध्यपुर थिमी, सूर्यविनायक, चाँगुनारायण नगरपालिका र भक्तपुर नगरपालिकाभित्र कर्फ्यू आदेश जारी गरेका हुन् ।

उक्त सिमाना भित्र कसैले आवतजावत गर्ने, कुनै पनि प्रकारका भिडभाड, जुलुस, प्रदर्शन, सभा वा बैठक गर्न पाइने छैन ।

त्यस्तै, काठमाडौं जिल्ला प्रशासन कार्यालयले पनि चक्रपथभित्र अनिश्चितकालीन कर्फ्यू लागू गरेको छ । प्रशासनले सुरक्षा खतराको समीक्षा गर्दै थप आदेश नआएसम्म कर्फ्यूको पालना कडाइका साथ गर्न निर्देशन दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?