निजी विद्यालयहरूद्वारा आज र भोलि शोक बिदा दिने निर्णय

लोकपथ
511
Shares

काठमाडौं । जेन-जी आन्दोलनमा ज्यान गुमाएकाप्रति दुःखद व्यक्त गर्दै निजी विद्यालयहरूमा आज र भोलि शोक बिदा दिइने भएको छ । 

विभिन्न निजी विद्यालयका संगठनहरुले आज (मंगलबार) संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै भाद्र २४ र २५ गते विद्यालयहरूमा शोक बिदा दिने जानकारी दिएका हुन् ।

विज्ञप्तिमा दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै, शोकसन्तप्त परिवारप्रति संवेदना प्रकट गरिएको छ । ‘घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ, यस्तो दुःखद विषयमा निर्णय लिनु परेको यस मार्मिक र पीडादायी घडीमा मिति २०८२ भाद्र २४ र २५ गते शोक बिदा दिने निर्णय गरिएको जानकारी  गराइन्छ’, विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?