जेनजीको आन्दोलन उग्र बनेपछि माओवादीले रोक्यो अभियान, संयमित हुन प्रचण्डको आग्रह

लोकपथ
1.4k
Shares

काठमाडौं । माओवादी केन्द्रले थालेको माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जागरण अभियान स्थगित गरेको छ ।

जेनजी पुस्ताले सोमबार काठमाडौंसहित देशका विभिन्न स्थानमा गरेको विरोध प्रदर्शन थप उग्र बनेपछि माओवादी केन्द्रले आफ्नो अभियान रोकेको हो ।

जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियानअन्तर्गत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको टोली गोरखा जिल्लाको आरूघाट आरुघाट पुगेको छ ।

कार्यक्रममा संक्षिप्त सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जेनजी पुस्ताका आन्दोलनकारी युवापुस्तालाई धैर्यता पूर्वक परिस्थिति सहज बनाउन आग्रह गर्दै भ्रष्टाचारविरुद्ध, सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा एकजुट भएर अघि बढ्न अपिल गरेका छन् ।

‘म जेन जी पुस्ताका आन्दोलनकारी भाइ–बहिनीहरूलाई परिस्थिति सहज बनाउन धैर्यपूर्वक अघि बढ्न अपिल गर्दछु। तपाईहरूको मुद्दा र हाम्रा मुद्दा समान छन्,’ प्रचण्डले भने ।

जेनजी पुस्ताले भ्रष्टाचार बेथिति र बिसंगतिका लागि भन्दै आज काठमाडौंको माइतीघर नयाँ बानेश्वर क्षेत्रमा व्यापक प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर १४ जनाको मृत्यु भएको छ भने २२ जना गम्भीर घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?