काठमाडौं । सत्तारुढ दल एमालेले बढ्दो भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध जेनजीले गरेको आन्दोलनमा घुसपैठ भएको हुनसक्ने आशंका गरेको छ ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जेनजीको आन्दोलनभित्र व्यापक घुसपैठ भएको हुनसक्ने आशङ्का आफूहरूले गरेको बताए ।
उनले भने, ‘हाम्रो पार्टीले जेनजीहरुको आन्दोलनमा व्यापक घुसपैठ भएको आशंका गरेको छ, जेनजीका नाममा राजनीतिकरण गरियो भन्ने हामीलाई आभास भएको छ ।’
जेन-जीले गरेको आन्दोलनमा काठमाडौंमा एक जनाको मृत्यु भएको छ भने ८० जना भन्दा बढी घाइते भएका छन् ।
काठमाडौंबाट सुरु भएको आन्दोलन मुलुकका विभिन्न भागमा फैलिरहेको छ । दाङ, नारायणगढ, पोखरा, इटहरी, दमकलगायतका ठाउँमा पनि प्रदर्शन भइरहेको खबर प्राप्त भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया