काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान र पश्चिममा सरदर भन्दा दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। सोमबार दिउँसो देशको पहाडी भूभागमा साधारणतया बदली र बाँकी भू(भागमा आंशिक बदली रहनेछ ।
यस क्रममा पहाडीका केही भूभागका केही स्थानहरूमा र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
आज राति कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशको पहाडी भूभागमा साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशको पहाडी भूभागका केही स्थानहरूमा र बाँकी पहाड र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका पहाडी र तराइ भूभागका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया