मोटरसाइकलमा खोला तर्ने क्रममा श्रीमान् बेपत्ता, श्रीमती घाइते

लोकपथ
119
Shares

धरान । सुनसरीको बराह क्षेत्र नगरपालिका–१ स्थित दूधपानी खोलाले मोटरसाइकल बगाउँदा मोटरसाइकलमा सवार सर्लाही हरिवानका मनिष पाँचकोटी बेपत्ता भएका छन् । उनकी श्रीमती शिलु खड्की घाइते भएकी छन् ।

खोला तर्ने क्रममा मोटरसाइकलसहित उनीहरूलाई बगाएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घाइते खड्गीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले बागमती प्रदेश ०२–०४७ प ७३८ नम्बरको मोटरसाइकल काठमाडौंबाट धनकुटातर्फ आउँदै गरेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?