निजी शैक्षिक संस्थालाई प्रधानमन्त्रीको आग्रह : अत्यधिक मुनाफा लिने उद्देश्य नराख्नुस्  

लोकपथ
518
Shares
फाइल तस्बिर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अत्याधिनक मुनाफा कमाउने उद्देश्यबाट निजी शैक्षिक संस्थाहरु खोल्न नहुने  बताएका छन् । सोमबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपालको १६औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले शिक्षा क्षेत्रमा लगानी बढाउन समेत निजी क्षेत्रलाई आग्रह गरे । शिक्षा क्षेत्र उद्योग नभएकाले अत्यधिक मुनाफा कमाउने उद्देश्य नराख्न  पनि आग्रह गरे । उनले देशको विकासका लागि सहयोगी हुने, दक्ष जनशक्ति निर्माण गर्ने, आफ्ना सन्ततीहरुलाई भविष्यका लागि योग्य, सक्षम नागरिकको रुपमा विकास गर्ने उद्देश्य राखेर निजी क्षेत्रले शैक्षिक संस्थाहरु खोल्नुपर्ने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?