काठमाडौं । पोखराबाट पूर्वराजा ज्ञानेन्द्र शाह आज दिउँसो काठमाडौं फर्किंदै छन् । उनको आगमनलाई लिएर राजावादी दल तथा समूहहरुले स्वागतमा प्रदर्शन गर्ने तयारी गरेका हुन् ।
राजधानीका विभिन्न स्थानबाट जुलुस निकालेर विमानस्थलमा भेला भई शाहको स्वागत गर्ने राजावादीहरूको तयारी रहेको छ ।
सम्भावित भिडभाड र जुलुसलाई मध्यनजर गर्दै काठमाडौं उपत्यकामासुरक्षा व्यवस्था कडा पारिएको छ ।
काठमाडौंका संवेदनशील क्षेत्रहरु जस्तै नारायणहिटी दरबार संग्रहालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा अन्य प्रमुख चोकहरुमा आज बिहानैदेखि सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया