डोटी । गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन् ।
भूकम्पीय पुनर्निर्माण तथा पुनःस्थापना आयोजना कार्यान्वयन एकाइ कार्यालयको उद्घाटन गर्न अछाम जाने क्रममा उनले यस्तो बताएका हुन् । उनले भने, ‘गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन, लोकतन्त्रको विकल्प कुनै निरंकुशता हुन सक्दैन ।’
लोकतन्त्रका विरुद्धमा अहिले भइरहेका गतिविधि गर्न लोकतन्त्रले नै छुट दिएको उनले बताए । उनले पूर्वराजालाई शासन गर्न मन भए चुनावमा होमिएर खुला राजनीति गर्न चुनौतीसमेत दिए ।
गृहमन्त्री लेखकले संविधान संशोधनका विषयमा गृहकार्य भइरहेको बताए। सरकार गठन पूर्वनेपाली कांग्रेस र नेकपा (एमाले) बिच भएको समझदारीअनुसार संविधान संशोधनका लागि कार्यदल बनाउने सहमति भई गृहकार्य अघि बढेको र सबैको सहमतिमा संविधान संशोधन हुने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया