जनताको जीवन बदल्ने अभियानमा केन्द्रित हुनुपर्छ : प्रचण्ड

लोकपथ
42
Shares
फाइल तस्बिर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको जीवन बदल्ने अभियानमा सबै राजनीतिक दल केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्  ।

रौतहटको गरुडा नगरपालिका वडा नम्बर ५ ले सुरु गरेको विपन्न नागरिक सहयोग कार्यक्रमको आज उद्घाटन गर्दै उनले विपन्न वर्गको उत्थानका निम्ति काम गर्नु  सबै राजनीतिक दलको दायित्व भएको बताए । 

समाजवादका लागि जनताको आर्थिक सामाजिक रूपान्तरण अनिवार्य भएकाले कम्युनिस्ट पार्टीहरू त्यसलाई हासिल गर्नेतर्फ केन्द्रित हुनुपर्ने बताए । 

हुलाकी मार्ग केन्द्रित जनतासँग माओवादी, तराई मधेस जागरण अभियानका क्रममा  अध्यक्ष दाहाल नेतृत्वको टोली आज रौतहट पुगेको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?