जनतालाई खुसी दिन नसक्दा राजतन्त्रको माग आन्दोलन भयो : नेता कोइराला

लोकपथ
1.6k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले जनतालाई खुसी दिन नसक्दा राजतन्त्रको माग गर्दै नागरिकहरूले प्रदर्शन गरेको बताएका छन् । 

झापामा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले राजा फर्काउनुपर्छ भन्नेकुरा नेपालमा मात्र नभई फ्रान्स लगायतका देशहरूमा पनि हुने गरेको भन्दै नागरिकहरू असन्तुष्ट हुँदा अहिले प्रदर्शन भएको बताए । 

गणतन्त्रले जनतामा आशा, भरोसा जगाउन सक्यो की सकेन भन्ने कुरामा ध्यान दिन जरुरी हुने उनको भनाइ छ । उनले राजतन्त्र फर्किने आफूलाई विश्वास नरहेको जिकिर गरे । गणतन्त्रका रक्षकहरूले राम्रो काम गरेर देखाउनुपर्ने बताए । 

सांसद कोइरालाले अध्यादेशको विषयवस्तु भन्दा पनि संसद् बोलाउने समयमा ल्याउनु गलत भएको बताएका छन्  । उनले पाँच वटा अध्यादेश सांसदबाट स्वीकृत भए पनि भूमि सम्बन्धी अध्यादेश किन स्वीकृत नगरिएको भन्दै प्रश्न गरे । 

सांसद कोइरालाले नेपाली कांग्रेस सत्तामा रहेको तर सरकारमा नरहेको जिकिर गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?