गण्डकी कोटीहोम : महानगरपालिकाले भूमिपूजा रोक्न खोज्दा लेकसाइड तनावग्रस्त

लोकपथ
2.7k
Shares

काठमाडौं । कोटीहोम आयोजकले गर्न लागेको भूमि पूजा पोखरा महानगरपालिकाले रोक्न खोजेपछि तनाव उत्पन्न भएको छ ।नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज बिहानका लागि भूमि पूजा गर्ने साइत निकालिदिएको थियो ।

पोखरा महानगरपालिकाले कोटीहोमका लागि अनुमति नदिइएको दाबी गर्दै आएको छ । अनुमति बिनै कोटीहोमको प्रक्रिया अघि बढाइएको भन्दै महानगरले बिहानैदेखि नगर प्रहरी परिचालन गरेको थियो ।

आज तय भएको साइतमै भूमि पूजा गर्न लागेको र त्यसलाई नगर प्रहरीले रोक्न खोज्दा झडप भएको थियो । झडपपछि लेकसाइड क्षेत्र तनावग्रस्त बनेको छ । झडपका क्रममा कोटीहोम पक्षका केही व्यक्ति घाइते भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?