डीपी अर्यालको आरोप : ‘श्रम मन्त्रालय घुसको अड्डा बन्यो, ताहाचलमा दैनिक ७५ लाख असुली हुन्छ’

लोकपथ
742
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्यालले श्रम मन्त्रालय घुसको अड्डा बनेको आरोप लगाएका छन् ।

पूर्वश्रममन्त्रीसमेत रहेका अर्यालले आजको प्रतिनिधिसभा बैठकमा बोल्दै स्थित कार्यालयमा दैनिक करिब ७५ लाख घुस असुली भइरहेको बताएका छन् । उनले मन्त्री र डीजीलाई जानकारी गराउँदासमेत बेखबर हुनु भनेको अब मन्त्रालय घुसको अड्डा बनेको हो ? भनेर प्रश्नसमेत गरेका छन् ।

लोकपथले केही दिनअघि मात्रै वैदेशिक रोजगार विभाग मातहतको श्रम कार्यालय ताहाचलमा दैनिक ७० लाख रुपैयाँसम्मको घुसको कारोबार हुने गरेको पाइएको समाचार सम्प्रेषण गरेको थियो । व्यक्तिगत र संस्थागत श्रम स्वीकृति दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस रकम लिएर मात्रै श्रम स्वीकृति दिने गरेको पाइएको समाचारमा उल्लेख गरिएको थियो ।

अर्यालको भनाइ जस्ताको तस्तै

देशमा रोजगारी नपाएर युवाहरू दैनिक हजारौं विदेशिएको समाचार अब नयाँ रहेन । हामीसँग श्रम मन्त्रालय छ । मन्त्रालयको उद्देश्य भनेको रोजगार सिर्जना, युवाहरुलाई देशमा बस्ने वातावरण बनाउने हो, तर मन्त्रालयलाई कहिले बिचौलियाले चलाएको आरोप छ त ट्रेड युनियनका सदस्यहरूलाई विदेश घुमाएको आरोप ।

तर अहिले विदेशिन बाध्य युवाहरूसँग घुस सङ्कलन गर्ने अड्डा बनेको बजारमा जानकारी छ । ताहाचल कार्यालयमा दैनिक करिब ७५ लाख घुस असुली भइरहेको मन्त्री र डीजीलाई जानकारी गराउँदासमेत बेखबर हुनु भनेको अब मन्त्रालय घुसको अड्डा बनेको हो ? सरकारको ध्यानाकर्षण होस् ।

यो पनि :

श्रम कार्यालय ताहाचलमा दैनिक ७० लाखको घुस कारोबार, सुब्बाले उठाउँछन् रकम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?