डा. विकास देवकोटा स्वास्थ्य सचिवमा पदोन्नति

लोकपथ
133
Shares
फाइल तस्बिर

काठमाडौं । सरकारले सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सचिवमा डा. विकास देवकोटालाई बढुवा गर्ने निर्णय गरेको छ ।

यही फागुन २१ गतेको मन्त्रिपरिषद् बैठकले उनलाई उक्त पदमा बढुवा गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार सचिवमा पदोन्नति पाएका डा देवकोटाले आजै कार्यभार सम्हाल्नेछन् ।

डा. देवकोटासँगै अन्य दुई जनाको नाम सचिव बढुवाका लागि सिफारिस भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?