धेरै पुराना अपराधीहरू पनि अहिले पक्राउ परेका छन्  : गृहमन्त्री लेखक

लोकपथ
91
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले धेरै पुराना अपराधीहरू पनि अहिले पक्राउ परेको बताएका छन् । 

बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले कुनै पनि अपराधका अपराधीहरू पक्राउ परेको र कारबाही भएको बताए । 

उनले भने, ‘सरकारको काम देखिएको छ । कुनै पनि अपराधका अपराधीहरू पक्राउ परेका छन् । अनुसन्धान भएको छ । कानुन बमोजिम कारबाही भएको छ । धेरै पुराना अपराधीहरू पनि अहिले पक्राउ परेका छन् ।’

उनले आधारभूत प्रहरीलाई धेरै सुविधा हुने गरी विधेयक ल्याइएको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?