काठमाडौं । ‘क्यान इन्फोटेक २०२४’ आजबाट काठमाडौंमा शुरु भएको छ । कम्प्युटर एसोसिएसन महासंघ नेपाल (क्यान) ले आयोजना गरेको क्यान इन्फोटेकको उद्घाटन नेपाल सरकारकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गरेकी हुन् ।
उद्घाटन पछि समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले सूचना प्रविधिको विकासका लागि तीनै तहका सरकारले निजी क्षेत्रसँग सहकार्य र साझेदारी गर्न आवश्यक रहेको बताइन् । त्यस्तै मन्त्री शर्माले सूचना प्रविधिमा युवा जनशक्तिलाई आकर्षित गर्ने कार्यक्रम बनाउनुपर्ने बताइन् ।
‘डिजिल अर्थतन्त्रलाई नेपाली अर्थतन्त्रको मूल आधार बनाउन वृहत सहकार्य आवश्यक छ । सूचना प्रविधि क्षेत्रमा देखिएको चुनौतीलाई व्यवस्थापन गर्न दक्ष जनशक्ति तथा पूर्वाधार निर्माण गर्न संघ, प्रदेश र स्थानीय तहमा निजी क्षेत्रसँग साझेदारी, सहकार्य र समन्वय गर्न सरकार प्रतिबद्ध छ’ उनले भनिन्, ‘आगामी दिनमा युवा जनशक्तिलाई दक्ष बनाउने, सरकारी तथा निजी क्षेत्र, समुदाय, विद्यालयलगायतका क्षेत्रमा डिजिटल साक्षरता र प्रविधिको प्रयोग बढाउन आवश्यक अध्ययन, अनुसन्धान गर्दै सरकारका लागि आवश्यक सुझावका लागि पनि क्यान महासंघसँग आग्रह गर्दछु ।’
काठमाडौंको राष्ट्रिय सभा गृहको सभाहलमा आयोजित कार्यक्रम उद्घाटनको क्रममा ड्रोन द्धारा दर्शक दिर्घामा पुष्प वृष्टि गरिएको थियो ।
राजधानीको भृकुटीमण्डपमा २९ औं संस्करणको ‘क्यान इन्फोटेक २०२४’ माघ २५ देखि २९ गतेसम्म सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया