काठमाडौं । नेपाल प्रिमियर लिग –एनपीएल) मा पोखरा एभेन्जर्सले काठमाण्डू गोर्खाजलाई सर्वाधिक रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले बलिङ रोजेको काठमाण्डूले विशाल १२५ रनको लक्ष्य पाएको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लिग चरणको अन्तिम खेलमा पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २२४ रन बनाउन सफल भएको थियो । यो एनपीएल इतिहासकै सर्वाधिक धेरै रन हो ।
आजको खेलमा पोखराका लागि कुशल भुर्तेलले सर्वाधिक रन बनाएका थिए । उनले ५१ बलमा ९९ रन बनाउन सफल भए । ८ छक्का र ८ चौका प्रहारसहित ९९ सय रन जोडेका उनी शतक बनाउनबाट भने रोकिए ।
यता ओपनर युवराज साम्राले ८९ रन बनाउन सफल भए । ५५ बलको क्षतिमा साम्राले ८ चौका र ५ छक्का प्रहार गरे । ओपनर अर्जुन कुमाल ५ रन बनाएर तेस्रो ओभरको दोस्रो बलमा आउट भएपछि भुर्तेल मैदान पसेका थिए । साम्रा र भुर्तेलको साझेदारीमा २ सय रन कटाएका हुन् ।
काठमाण्डूका लागि कप्तान करण केसीले २ र जहानदाद खानले १ विकेट लिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया