काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय व्यवसायिक जहाज अवतरण भएको छ । जनवरी १, २०२३ देखि सञ्चालनमा आएको पोखरा विमानस्थलमा आज बुधबार चिनिया ‘सिचुवान एयरलाइन्स’को विमान अवतरण भएको हो ।
चीनबाट उडेको एयरलायसन्सले १३० जना यात्रु बोकेर पहिलोपटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
चीन भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित सांसदहरू प्रदीप यादव, धवलशम्शेर जबरा, दीपा गुरुङ, उदयबहादुर बोहरा, हरिशंकर चौधरी र जीवन परियार समेत सोही विमानमा पोखरामा झरेका हुन् ।
चीनको छेन्दु–तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर उडान भरेर जहाज बुधबार ९ः०६ बजे पोखरा विमानस्थल अवतरण गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया