नेविसंघका कार्यकर्ताहरुको मुद्दा फिर्ता लिने सरकारको निर्णयमा सन्तोष परियारले जनाए आपत्ति

लोकपथ
77
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सदनमा उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गर्ने नेविसंघका कार्यकर्ताहरुको मुद्दा फिर्ता लिने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा शुन्य समयमा बोल्दै उनले उपप्राध्यापक चलाउनेलाई न्याय दिन र पीडिक नेविसंघका विद्यार्थीहरुलाई दण्डित गर्न पनि सरकारसँग माग गरे ।

‘२०७७ साल आसोज २० गते त्रिभुवन विश्वविद्यालय समाजशाष्त्रका प्रोफेसर आफ्नो एटीएममा भएको पैसा झिक्न जान्छन । तत्समयमा नेविसंघ निकट विद्यार्थीहरुले फलामको रडले मरनासन्न हुने गरी कुटछन । ३ वर्षसम्म धेरै ठाउँ जान्छन ती प्राध्यापक न्याय माग्न । भौतारिएर हिँडछन । अहिले अन्ततः जेष्ठ ३० गते सरकारको मन्त्रीपरिषदले उक्त मुद्दा फिर्ता लिने निर्णय गर्छ । हामी कुनै बेला नेपाललाई शान्ति क्षेत्र भन्दथ्यौं । आज कमसेकम विश्वविद्यालयहरु शान्ति क्षेत्र हुन भन्ने हाम्रो अवधारणगत बुझाई हो । प्रहरीले पनि भित्र जान पाउँदैन भन्ने हाम्रो शान्तिको मान्यतालाई गण्डागर्दीको शैलीमा दिनदहाडै त्यसरी कुटपिट गरेर मरनासन्न बनाएको मान्छेको मुद्दा फिर्ता लिने यो कहाँको न्याय हो । न्याय चाहिन्छ । न्यायलाई मर्न नदिऊ । न्याय पनि मर्यो भने हाम्रो आशा रहँदैन । विश्वविद्यालयजस्तो क्षेत्रमा त्यसरी गुण्डागर्दी शैलीमा मरनासन्न हुने गरी कुटनेहरुलाई नछोडौं । म सम्माननीय सभामुखमार्फत नेपाल सरकारको गृहमन्त्रीलाई अनुरोध गर्न चाहन्छु । कृपया, यो गल्तीलाई सच्याउनुस । पीडितलाई न्याय दिनुस ।’ परियारले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?