काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेको पक्षमा वृहत् नागरिक आन्दोलनले जिल्ला अदालत काठमाडौं अगाडी प्रदर्शन गरेको छ ।
सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै चलाउनेले त्रिवि भिसी कार्यालय अगाडि आमरण अनसनमा बसेका थिए ।
आफूमाथि भएको कुटपिट घटनाको मुद्दा सरकारले फिर्ता लिने निर्णय गरेपछि त्यसको विरोधमा उनी सोमबार जिल्ला अदालत काठमाडौं पुगेका थिए ।
जिल्ला अदालत पुगेका उनलाई प्रहरीले नियन्त्रणमा लिएर रिहा गरेको थियो । दोषीलाई कारबाही गर्नुपर्ने भन्दै उनको मागप्रति ऐक्यबद्धता जनाउँदै वृहत् नागरिक आन्दोलनले प्रदर्शन गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया