एमाले अध्यक्ष र चिनियाँ राजदूतबीच भेटवार्ता

लोकपथ
14
Shares

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि चीनका राजदूत चेन सोङबीच  शिष्टाचार भेटवार्ता भएको छ ।

ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा उनीहरूबीच सोमबार भेटवार्ता भएको एमाले कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।
उनीहरूबीच द्विपक्षीय हित र आपसी सम्बन्धका बारेमा कुराकानी भएको अधिकारीको भनाइ छ ।

भेटमा एमालेका उपमहासचिव विष्णु रिमाल र चिनियाँ उच्च अधिकारीको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?