काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले समाजवादी मोर्चा कसैलाई तर्साउन र मुकाबिला गर्न नबनेको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित मोर्चाको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले समाजवादी मोर्चा स्वार्थका लागि नभएको बताएका हुन् ।
‘हामी समाजवादी शक्तिहरूलाई एकताबद्ध बनाएर लान चाहन्छौं । हामी देशभक्ति शक्तिहरुलाई हातेमालो गर्दै लान चाहन्छौं । समाजवादी नेपालको निर्माणको पक्षमा हुनेलाई समेटेर जान चाहन्छु ।’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया