काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले समाजवादी मोर्चा राजनीतिको नयाँ मोड भएको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित मोर्चाको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली जनताको चाहाना समाजवाद भएकाले सोही चाहाना पुरा गर्न चार पार्टी मिलेर समाजवादी मोर्चा नेपाल घोषणा गरिएको बताएका हुन् ।
‘नागरिकमा छटपटी छ । जनता निराशा र आशाको दोधारमा छन् । यो विशिष्ट परिस्थितिमा लामो छलफल र जनताको चाहानाअनुसार आजको संकटबाट पश्चगामीलाई फाइदा उठाउन दिनुहुँदैन भनेर मोर्चा गठनको निष्कर्षमा पुगेका हौ, नेपालको स्वाधीनता जोगाउन नयाँ लडाई अघि बढाउनुपर्छ भन्ने उद्देश्यले घोषणा भएको समाजवादी मोर्चा नेपालको राजनीतिमा नयाँ मोड हो ।’ विप्लवले भनेका छन् ।
विप्लवले अब देशको नेतृत्व देशभक्तहरुले गर्ने भन्दै देशभक्तहरुले नेतृत्व गर्न सक्ने दाबी समेत गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया