‘बाढी पहिरोले जनताको मृत्यु भइरहँदा गृहमन्त्री मोर्चा बनाउन व्यस्त’

लोकपथ
42
Shares

काठमाडौं । जनता बाढी पहिरो ज्यान गुमाइरहँदा गृहमन्त्री मोर्चा बनाउन व्यस्त भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले कटाक्ष गरेका छन् ।

प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद झाले विपद्को पूर्व तयारीबारे के हुँदैछ ? भन्दै प्रश्न गरेका छन् ।

‘मृत्युभन्दा पनि ठुलो डर मरिन्छ कि भन्ने हुन्छ। त्यो पीडाले सबै मारिरहेको हुन्छ। आज पहाडका मानिसहरूलाई यही त्रास छ। केही व्यक्तिहरू प्राथमिक उपचार नपाएर नै ज्यान गुमाउन बाध्य छन्। यसरी नै सबै जोखिमपूर्ण अवस्थामा रहेको छ। आज पहाड जोखिममा छ भने भोलि तराई र मधेश जोखिममा हुनेछ। गृहमन्त्री र उहाँको तयारीका बारेमा जानकारी पाइरहेका छैनौँ। शायद उहाँ मोर्चा बनाउनमा व्यस्त हुनुहुन्छ। हाम्रो प्रधानमन्त्रीलगायत अन्य जिम्मेवार पदमा रहनुभएको उहाँहरूको जानकारी के हुँदैन रु जनप्रतिनिधि हौँ।’ उनले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?