धनगढी । बझाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ ।
आज बिहान करिब १० बजे केदारस्युँ गाउँपालिका–७ को काँडाचौरतर्फ जाँदै गरेको सुपप्र ०१–००१ च ४३७६ नम्बरको जिप दुर्घटनामा परेको हो ।
दुर्घटनामा केदारस्युँ गाउँपालिका–७ का २७ वर्षीया पविता धामी र ४० वर्षीय गोपाल धामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा पाँच जना गम्भीर र एक जना मध्यम घाइते भएका छन् । गम्भीर घाइते हुनेमा केदारस्युँ गाउँपालिका–७ का ४५ वर्षीय प्रेमबहादुर धामी, ३२ वर्षीय रमेश धामी, २६ वर्षीय रमेश धामी, दुर्गाथली गाउँपालिका–६ की ४२ वर्षीया शारदा धामी जाग्री र सोही ठाउँका ४२ वर्षीय रामकुमार धामी रहेका छन् ।
त्यस्तै, केदारस्युँ गाउँपालिका–७ की २२ वर्षीया रेखा धामी मध्यम घाइते भएकी छन् ।
प्रहरीका अनुसार चालक बुगल नगरपालिका–२ का करिब ३१ वर्षीय मोहन धामीले चलाएको जिपको भित्री सडकखण्डमा ब्रेक फेल भएपछि सडकबाट करिब १०० मिटर तल खसेको थियो ।
दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया