काठमाडौं । बालुवाटारमा सत्तारुढ चार दलका शीर्ष नेताको बैठक बसेको छ । समाजवादी मोर्चा नेपाल घोषणा हनुअघि प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहरुको बैठक जारी रहेको हो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, नेकपाका महासचिव विप्लव सहभागी छन् । माओवादीबाट महासचिव देव गुरुङ, उपमहासचिव जनार्दन शर्मा लगायत नेताहरु सहभागी छन् ।
समाजवादी मोर्चाको अन्तिम हस्ताक्षर गर्न चार दलका शीर्ष नेताहरु बसेको बालुवाटार स्रोतले जनाएको छ । मोर्चालाई अन्तिम रुप दिएपछि दिउँसो ३ बजे राष्ट्रियसभामा घोषणासभा हुने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया