काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डोल प्रसाद अर्यालले भारतीय पक्षले एकतर्फी रूपमा नेपालको भूमि नाप जाँच गरेको प्रति विरोध जनाएका छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद अर्यालले यसको छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न माग गरेका हुन् ।
भारतीय पक्षले नेपालको भूमि अनधिकृत रूपमा नाप जाँच गरे पनि त्यहाँका सुरक्षाकर्मीले कुनै सुइको समेत नपाएको भन्दै उनले सत्य तथ्य छानबिन गर्न सरकारसँग माग गरेका छन् ।
‘असार १ गते भारतीय प्राविधिकहरूको टोलीले इन्डियन नेश्नल हाइवे सर्वे गर्ने भन्दै कञ्चनपुर भुजेला गड्डाचौकी हुँदै सुका सालसम्मको भूमि नाप जाँच गरे, सर्भेका सामानसहित आएका ती भारतीय प्राविधिक नेपाल प्रवेश गर्दा पनि सीमानामा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले भने सुइँको समेत पाएनन्, के उनीहरूलाई जागिर खानका लागि मात्रै सीमानामा खटाइएको हो ?’ अर्यालले प्रश्न गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया