नेपाल आइपुगे भारतीय विदेश सचिव विक्रम मिस्री

लोकपथ
21
Shares

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिस्री दुईदिने औपचारिक भ्रमणका लागि नेपाल आइपुगेका छन् ।

भ्रमणका क्रममा उनले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्ने कार्यसूची रहेको छ ।

भारतीय विदेश मन्त्रालयका अनुसार मिस्रीले नेपाल भ्रमणका क्रममा द्विपक्षीय, क्षेत्रीय तथा विश्वव्यापी चासोका विषयमा छलफल गर्नेछन् ।

प्रधानमन्त्री बालेन्द्र शाह आगामी मंसिर पहिलो साता भारत भ्रमणमा जाने तयारीमा रहेकाले त्यस विषयमा पनि भेटवार्ताका क्रममा छलफल हुने बताइएको छ ।

मिस्रीको यो भ्रमणलाई नेपाल–भारत सम्बन्ध र उच्चस्तरीय कूटनीतिक संवादका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?