काठमाडौं नेपाली टोलीका कप्तान पारस खड्का एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बनेका छन्।
तीन एक दिवसीय क्रिकेट प्रतियोगिताको लागि युएई भ्रमणमा रहेको नेपाली टोलिका लागि खड्काले पहिलो शतक प्रहार गरेका हुन्।
युएईविरुद्धको तीन एक दिवसीय श्रृंखला खेल्न युएई पुगेको नेपाली टोलीले पहिलो खेलमा हार बेहोरेको थियो भने दोस्रो खेलमा जित हात पारेको थियो।
तेस्रो तथा निर्णायक खेलमा २५५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ३५ ओभरमा ५ विकेट गुमाएर १८३ रन बनाउँदा खडकाले शतक प्रहार गरेका हुन्। खड्काले ९३ बलको सामना गर्दा १३ चौका र एक छक्काको मद्दतमा शतक प्रहार गरेका हुन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया