जेठको अन्तिम साता मेयर बालेन बेल्जियम जाने

लोकपथ
77
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह बेल्जियम जाने भएका छन् ।

जेठ २९ देखि ३२ सम्म ब्रसेल्समा हुने विश्वका महानगरपालिकाहरूको शिखर सम्मेलन तथा अर्बान समिटमा भाग लिन बालेन शाह बेल्जियम जान लागेका हुन् ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले मेयर शाहको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?