राष्ट्रियसभा बैठक बस्दै

लोकपथ
21
Shares

राष्ट्रियसभा बैठक बुधबार बस्दैछ । बैठक बिहान ११ः११ बजे बस्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

बैठक मंगलबार नै बस्ने भनिएपनि विशेष कारणले बुधबारका लागि सारिएको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले समसामयिक विषयमा वक्तव्य दिने बताइएको छ । साथै अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव समेत प्रस्ताव गर्ने कार्यसूची छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?