काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा आईजिपीकै भूमिका शंकास्पद भन्ने समाचारप्रति प्रहरी प्रधान कार्यालयको गम्भिर ध्यानाकर्षण गराएको छ ।
प्रहरी प्रधान कार्यालयले एक विज्ञप्ति जारी गर्दै कुनै आधार, तथ्य र प्रमाणविना अपराध अनुसन्धान जस्तो संवेदनशिल विषयमा सम्प्रेषण गरिएको समाचारले जनमानसमा भ्रम सिर्जना हुन जाने र नेपाल प्रहरी संगठनकै विश्वसनियता, छवि तथा चेन अफ कमाण्डमा समेत आँच आउने हुँदा उक्त समाचारहरूप्रति असहमति जनाएको हो ।
त्यस्तै, अझै पनि कैयी व्यक्ति अनुसन्धानको दायरामा रहेको र कारबाहीको दायरामा ल्याउन काम बाँकी नै रहेको अवस्थामा अनुसन्धानमा रहेका प्रहरी अधिकृतहरूको मनोबलमा समेत असर पर्ने लक्ष्यहीन, भ्रामक सामग्री प्रकाशन तथा प्रसारण नगर्न सबै जिम्मेवार सञ्चार माध्यममा नेपाल प्रहरीले आग्रह गरेको छ ।
हेर्नुहोस् विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया