काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका नेता आङटावा शेर्पालाई २ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।
पूर्व सांसद समेत रहेका शेर्पालाई जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि थुनामा राख्न अनुमति दिएको हो ।
भुटानी शरणार्थी प्रकरणमा मुछिएका उनले सोमबार साँझ आत्मसमर्पण गरेका थिए ।
शेर्पाले केही दिन अघि सोही प्रकरणमा मुछिएर थुनामा रहेका केही व्यक्तिहरुलाई भेटेर बयान फेर्न आग्रह गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया