काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारले शक्तिको दुरुपयोग गरिरहेको आरोप लगाएका छन् ।
विभिन्न सञ्चारमाध्यमका कार्यालयमा पुगेर सञ्चारकर्मीलाई पक्राउ गरिएको र पक्राउ गर्ने तयारी भइरहेको विषयमा उनले प्रमुख प्रतिपक्षी दलको तर्फबाट सरकारको आलोचना गरेका हुन् ।
थापाले सरकारले आफूखुसी निर्णय गर्ने र आफ्नो इच्छालाई नै कानुन ठान्ने प्रवृत्ति देखाएको बताए ।
‘शक्तिको स्वेच्छाचारी प्रयोग भइरहेको छ । मेरो इच्छा नै कानुन हो भन्ने भयो । प्रवृत्तिले हद नाघेको छ,’ उनले भने ।
उनले सरकारको कामकारबाहीप्रति चिन्ता व्यक्त गर्दै सरकार आफूले भनेको कुरा नै अन्तिम निर्णय हो भन्ने सोचमा अघि बढेको टिप्पणी गरे ।
‘हामी नै राज्य हौँ, हामीले बोलेको कुरा नै हुकुम हो, अड्डा, अदालत र प्रहरी हाम्रा आदेश पालना गर्ने निकाय हुन् भन्ने सोच देखिएको छ,’ थापाले भने ।
उनले सरकारको यस्तो कार्यशैलीप्रति गम्भीर भएर हेर्नुपर्ने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया