कुन संसदीय समितिमा कसले गरे सभापतित्व ? (नामावलीसहित)

लोकपथ
28
Shares

काठमाडौं । आजबाट प्रतिनिधि सभा अन्तर्गतका विभिन्न संसदीय समितिहरुको बैठक शुरु भएको छ ।

निर्वाचन सम्पन्न भएको ५ महिना बितिसिक्दा पनि संसदीय समितिले पूर्णता पाउन सकेको थिएन । विभिन्न समितिका सदस्यहरु मनोनित भए पनि सभापति भने चुनिन बाँकी रहेको छ ।

आज विभिन्न विषयगत समितिका जेष्ठ सदस्यहरुको सभापतित्वमा बैठक बसेको हो । प्रतिनिधिसभा अन्तर्गतका विभिन्न १२ समिति रहेका छन् ।

कुन समितिको सभापतित्व कसले गरे ?

लेखा समिति : सभापति नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी

पुर्वाधार बिकास समिति :  जेष्ठ सदस्य सभापति उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरी

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति : जेष्ठ सदस्य सभापति राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर जबरा

उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समिति : जेष्ठ सदस्य सभापति नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद रनेन्द्र बराइली

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति : जेष्ठ सदस्य सभापति जनता समाजवादी पार्टीका सांसद नवल किशोर साह सुडी

शिक्षा तथा स्वास्थ्य समिति : जेष्ठ सदस्य सभापति नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद कालुराम राई

राज्य व्यवस्था तथा सुशासन समिति : जेष्ठ सदस्य सभापति राष्ट्रिय जनमोर्चाका सांसद चित्र बहादुर केसी

कानून न्याय तथा मानव अधिकार समिति : जेष्ठ सदस्य सभापति नेपाली कांग्रेसका सांसद शेर बहादुर देउवा

अर्थ समिति : जेष्ठ सदस्य सभापति नेपाली कांग्रेसका सांसद सन्तोष चालिसे

महिला तथा सामाजिक मामिला समिति : जेष्ठ सदस्य सभापति राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद रोशन कार्की

आजको बैठकमा सबै समितिका सदस्यहरुको स्वागत र आफ्नो मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?