एनपीएल : आज जनकपुर र पोखराबीच प्रतिस्पर्धा हुँदै

लोकपथ
70
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने खेल साँझ ५ बजे सुरु हुनेछ ।

जनकपुर आजको खेल जित्दै लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ । पहिलो सिजनको विजेता जनकपुरले अहिलेसम्म खेलेका दुई खेलमध्ये एकमा जित र एकमा हार व्यहोरेको छ । पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको जनकपुरले दोस्रो खेलमा काठमाडौं गोर्खाजलाई ८ विकेटले हराएको थियो ।

यता, पोखरा एभेन्जर्स भने प्रतियोगितामा पहिलो जित निकाल्ने प्रयासमा हुनेछ । पोखराले खेलेको एकमात्र खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटको हार व्यहोरेको थियो। पोखरा हाल अंकविहीन रहँदै तालिकाको पुछारमा छ ।

आजको खेलमा जनकपुर दोस्रो जितको खोजीमा रहँदा पोखरा भने जितको खाता खोल्ने लक्ष्यसहित मैदान उत्रनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?