काठमाडाैं । मोरङमा बैंक खाताको पासवर्ड ह्याक गरी पैसा निकाल्ने व्यक्ति पक्राउ परेका छन् ।
सुन्दरहरैचा नगरपालिका बिराटचोकमा रहेका २ वटा बैंकबाट खाताको पासवर्ड ह्याक गरी पैसा निकालेको अभियोगमा सोही ठाउँ बस्ने ३६ वर्षीय देबराज सिक्देललाई प्रहरीले पक्राउ गरेको हो ।
सुन्दरहरैचा नगरपालिका-४ दुलारीस्थित आरए भिजन एकाउन्टेन सोलुसन प्रालि फर्मका एकाउन्टेन्ट समेत रहेका उनले सोही फर्मका संचालकको नबिल बैंक शाखा कार्यालय बिराटचोकमा रहेको बैंक खाताको पासवर्ड ह्राक गरी विभिन्न मितिमा २८ हजार १ सय रूपैयाँ र सोही फर्मका संचालकका काकाको माछापुच्छ्रे बैंक शाखा कार्यालय बिराटचौकमा रहेको खाताबाट बिभिन्न मितिमा ६६ हजार ८ सय रुपैयाँ निकालेको खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
उनी उपर ईलाका प्रहरी कार्यालय बेलवारीबाट थप अनुसन्धान भइरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया