सांसद सिंहको प्रश्न- ‘विदेशिने जनशक्तिलाई सशक्त बनाएर नेपालमै राख्न किन बजेट बन्दैन ?’

लोकपथ
49
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले दैनिक उच्च शिक्षाका लागि विदेशिने जनशक्तिलाई स्वदेशमै रोक्नुपर्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले ती जनशक्तिलाई सशक्त बनाएर नेपालमै राख्न किन बजेट नबनाउने भन्दै प्रश्न गरेका छन् ।

‘हाम्रो देशमा ९ वटा विश्वविद्यालयहरू छन् । त्यो विश्वविद्यालयबाट ६ वर्ष भयो एउटा पनि पेटेन्ट फाइल दर्ता गर्न सकेको छैन । विश्वविद्यालयबाट अहिलेसम्म पिएचडी उत्तीर्ण गर्ने ५ हजार जना छन् । आज पेटेन्ट दर्ता गर्नेमा चीन १५ लाख, अमेरिका ५ लाख, जापान २ लाख, भारत ३० हजार र नेपाल जम्मा ७० ओटा छ । नेपाले गएको ६ वर्षदेखि हालसम्म एउटा पनि पेटेन्ट अधिकार दर्ता गरेको छैन । हाम्रो देशको ब्रेन ड्रेन भएर विदेश गइरहेको छ । त्यो ब्रेन नेपाल नै बनाउनका लागि रोक्नुपर्ने बेला आएको छ । अहिलेको बजेटमा शिक्षा क्षेत्रमा बजेट ७० अरब रुपैयाँको बजेट छ । त्यो अनुभवी ब्रेनलाई यो देश बनाउन किन नराख्ने ?’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?