काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीहरुले शपथ लिएका छन् ।
बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित एक विशेष कार्यक्रममा शपथ ग्रहण समारोह भएको हो ।
सभापति गगनकुमार थापाले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शपथ गराएका हुन् । त्यसो त सभापति थापाले यसअघि नै शपथग्रहण गरेका थिए ।
निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले थापालाई सभापतिको शपथग्रहण गराएका थिए ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन गत असोज ३ गते वडा अधिवेशनबाट सुरु भएको थियो भने केन्द्रीय महाधिवेशन असोज १८ गतेबाट भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया