काठमाडौं । जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादवले केही दिनयता ३ ठूला दलका नेताहरु निरन्तर भेटवार्ताले आशंका उत्पन्न गरेको बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद यादवले ठूला दलका नेताहरुको भेटवार्ताले यो मुद्दामा मिलेमतो गर्न खोजेको त होइन भन्ने शंका उत्पन्न भएको धारणा राखेका हुन् ।
त्यस्तै, सांसद यादवले नक्कली भुटानी शरणार्थी सामान्य भ्रष्टाचारको मुद्दामात्र नभई राष्ट्रद्रोह भएको बताएका छन् । यो सामान्य भ्रष्टाचार हो भन्ने भाष्य निर्माण गरिँदैछ, यो सामान्य भ्रष्टाचारमात्र होइन, देशद्रोह हो । यसले राजनीतिमा अविश्वासको वातावरण सिर्जना गरिरहेको छ’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया