केबुलकार चढेर वैशाख महिनामा १ लाख २६ हजार भन्दा बढीले गरे मनकामनाको दर्शन

लोकपथ
98
Shares

चितवन । वैशाख महिनामा केबुलकारमार्फत १ लाख २६ हजार भन्दा बढी भक्तजनले मनकामना मन्दिरको दर्शन गरेका छन् । मनकामना दर्शन प्रालिकाअनुसार १ लाख २६ हजार ३३८ यात्रुहरूले केबलकारमार्फत मनकामनाको दर्शन गर्न यात्रा गरेका हुन् ।

२०८० वैशाख महिनामा कोभिड–१९ पश्चात सबै भन्दा बढी यात्रुहरूले मनकामना यात्रा गरेको मनकामना दर्शन प्रालिले जनाएको छ । जसअनुसार केबलकारमार्फत दैनिक औसत यात्रु ४००० भन्दा बढी रहेका छन् ।

कम्पनीका अनुसार यो आर्थिक वर्षको वैशाख महिनासम्म करिब ८ लाख ७० हजार यात्रु हरूलाई सेवा प्रदान गरिएको छ । यस्तै असार मसान्तसम्म साढे १० लाख यात्रुलाई सेवा दिने कम्पनीको लक्ष्य रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?