काठमाडौं । संसद बैठकमा अब भड्किलो पोसाक लगाएर जान नपाउने भएको छ । आइतबार बसेको प्रतिनिधि सभा कार्य व्यवस्था समितिको बैठकले संसद बैठकमा सहभागी हुँदा भड्किलो पोसाक लगाएर जान नपाउने निर्णय गरेको हो ।
सांसदहरूले भड्किलो पोसाक लगाएर जाँदा संसदको मर्यादा कायम नहुने ठहर गर्दै तोकिएको पोसाक लगाएर मात्र संसदमा जानुपर्ने सहमति भएको हो ।
‘त्यस्तै, संसद बैठकमा जाँदा अनिवार्य संसदको लोगो लगाउनुपर्ने निर्णय पनि भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया