काठमाडौं । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले भ्रष्टाचारविरुद्ध विरोध प्रदर्शन गरेको छ । नेविसंघले आइतबार त्रिचन्द्र क्याम्पसमा कैदीको भेषमा विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरुले नक्कली भुटानी शरणर्थी प्रकरणमा संलग्न भएको आरोपमा हाल अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई निलम्बन गर्न माग गरेका छन् ।

त्यस्तै उनीहरुले आरोपीहरुमाथिको अनुसन्धान प्रभावकारी बनाउन दबाब दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया