काठमाडौं । अमेरिकाबाट ४० वटा पुरातात्विक सम्पदा नेपाल फर्काइने भएको छ । अमेरिकी सरकारले नेपालबाट अवैध रुपमा लगिएका काष्ठकलाका कलात्मक ४० वटा सम्पदा घर फर्काइदिने भएको हो ।
वासिङ्टन डीसीस्थित नेपाली दूतावासमा शुक्रबार आयोजित एक समारोहमाझ अमेरिकी सरकारको गृह मामिला निकायका अधिकारीले यी सम्पदा दूतावासलाई हस्तान्तरण गरेको दूतावासले एक विज्ञप्तिमार्फत जनाएको छ ।
अमेरिकाको हवाइ राज्यको होनोलुलुमा सन् २०१० अगस्ट १० मा त्यहाँको भन्सारले पक्राउ गरेको सम्पदाबारेको सूचना बाहिर आएपछि यसको ‘उत्पत्तिको मुलुक’ (कन्ट्री अफ ओरिजिन) र प्रामाणिकता स्पष्ट भएपछि अमेरिकी सरकारले सम्पदा फिर्ता गरेको हो । सम्पदाको अधिकार तथा घरफिर्तीका लागि नेपालले सन् २०११ मै अमेरिकालाई औपचारिक पत्र पठाएपछि यो प्रक्रिया अघि बढेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया