काठमाडौं । मानवअधिकार तथा शान्ति समामजले कुशासन र दण्डहीनता विरुद्ध जेठ १ माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने भएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीहरुलाई कारबाहीको माग गर्दै प्रदर्शन गर्न लागिएको समितिले जनाएको छ ।
‘सुशासनको प्रत्याभूति, आर्थिक पारदर्शिता र जबाफदेहिता सुनिश्चित गर, मानव अधिकार मैत्री ऐन बनाउ : संक्रमणकालीन न्याय प्रक्रियालाई टुंगोमा पुर्याउ’ भन्ने नारासहित प्रदर्शन गर्न लागेको समितिको भनाइ छ ।
काठमाडौको माइतीघर मण्डलामा हुने प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित नागरिक अगुवाहरुको सहभागिता रहने समाजले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया