आफ्नै शरीरमा आगो लगाएकी आशा शर्माको मृत्यु

लोकपथ
315
Shares

काठमाडौं । विराटनगरमा आफ्नै शरीरमा आगो लगाएकी एक महिलाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१० तीनटोलियामा टुकीबाट मट्टितेल खन्याएर आशा शर्मा (कोइरी)ले गत बुधबार आफ्नै शरिरमा आगो लगाएकी थिइन् ।

आफ्नो श्रीमान राजकुमार कोइरीसँग भएको सामान्य विवादपछि उनीले आफैलाई आगो लगाएकी थिइन् । मृतक आशालाई मादक पदार्थ पिउने बानी नै रहेको र सो बुधबार बेलुका राजकुमार घर फर्किएपछि उनले रक्सी माग्दा राजकुमारले दिन इनकार गरेपछि उनी घरबाट बाहिर निस्किएर टुकीमा भएको मट्टितेल आफ्नै ज्यानमा खनाएर आगो लगाएकी थिइन् । त्यसपछि उनका राजकुमारले आएर हातैले आगो निभाउन खोजे । तर आगो नसनभेपछि उनले बाल्टीमा पानी ल्याएर आगो निभाएका थिए । त्यसपछि उनले श्रीमतीलाई लिएर कोशी अस्पताल पुगेका थिए ।

अस्पताल ल्याउदा आगोले शरीरका अधिकांश भाग जलेको थियो ।

उपचारका क्रममा उनको बिहिबार बेलुका ८ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । आशाको मृत्यु भएपछि उनका श्रीमान राजकुमारलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको थप अनुसन्धान शुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?