काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् तत्कालि संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन भएको छ ।
लामो समयदेखि बिरामी रहेका बस्नेतको ७८ वर्षको उमेरमा आज आफ्नै निवास सिफलमा निधन भएको हो । विसं २००२ मङ्सिर १ गते सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा जन्मिएका बस्नेतले मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएका सङ्घर्षका क्रममा पटक पटक गरी नौ वर्ष जेल जीवन विताएका थिए । उनि अविवाहित थिए ।
विसं २०६२\६३ को दोस्रो जनआन्दोलनपछि पार्टीको आमन्त्रित केन्द्रिय सदस्य रहेका बस्नेत हाल जननायक विपी कोइराला स्मृति ट्रष्टका कोषाध्यक्ष थिए । उनको पार्थिव शरिर आज दिउँसो श्रद्धाञ्जलिका लागि पशुपति क्षेत्रमा राखिने र त्यसपछि अत्येष्टि गरिने ट्रष्टका कार्यकारी निर्देशक राजेन्द्र पराजुलीले जानकारी दिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया