रेसुङ्गा र अयोध्या सम्बन्ध विस्तार गर्नुपर्ने

लोकपथ
0
Shares
;’g;fg /];’Ëf tD3f;, )@ c;f}h -/f;;_ M u’NdLsf] wfld{s tyf P]ltxfl;s :yn /];’Ëfdf /x]sf] o1zfnf dlGb/ . k|foh;f] ;dodf bz{gfyL{x?sf] le8ef8f x’g] o; dlGb/df sf]/f]gf efO/;af6 aRg ;/sf/n] u/]sf] ns8fpgb]lv ;’g;fg h:t} 5 . ca ns8fg v’n];Fu} dlGb/df bz{gfyL{ cfpg] ck]Iff ul/Psf] 5 . tl:a/ M x’dfsfGt kf]v/]n÷/f;;

तम्घास । अयोध्यादेखि रेसुङ्गासम्मको सम्बन्ध विस्तारका लागि गुल्मीको रेसुङ्गामा धार्मिक महोत्सव सञ्चालन भइरहेको छ ।

‘श्रीराम महायज्ञ कथावाचन महामहोत्सव तथा विराट सन्तभक्त दर्शन’ नाम दिइएको महोत्सव ३१ गतेसम्म चल्ने आयोजकले जनाएको छ। रेसुङ्गा र अयोध्याबीच त्रेता युगदेखि सम्बन्ध भए पनि धार्मिकसम्बन्ध प्रगाढ बन्न नसकेको भन्दै अयोध्याबाट यहाँ आएका योगी शम्भुनाथ जी महाराजले रेसुङ्गा क्षेत्रलाई धार्मिक गन्तव्यका रुपमा विकास गर्न आफूले सहयोग गर्ने बताए ।

उनले आयोध्याका राजा दशरथलाई सन्तान प्राप्तिको लागि रेसुङ्गाका ऋष्यश्रृङ्गे ऋषिले खेलेको भूमिका भारतमा व्यापकरुपमा प्रचार भए पनि रेसुङ्गा क्षेत्रपछि पर्नु दुर्भाग्यको विषय भएको बताए । धार्मिक महोत्सव तथा सन्त सम्मेलनले रेसुङ्गाको अयोध्यासँग त्रेतायुगदेखिको सम्बन्ध विस्तारसँगै साधुसन्तको आवतजावतमा वृद्धि गराउने उनको विश्वास छ ।

धार्मिक महोत्सवका अवसरमा योगी शम्भुनाथ जी महारा, स्वामी राजेन्द्रनन्द जी महाराजलगायतका साधु सन्तद्वारा महायज्ञ पनि सञ्चालन गरिएको रेसुङ्गा संरक्षण समितिका सचिव गोपाल पन्थीले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?